एक्सेल डेभलपमेन्ट बैंकको लाभांश र हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। बैंकले वार्षिक साधारणसभा लाभांश र हकप्रद सेयर निष्कासन प्रयोजनार्थ आज असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन, सभामा भाग लिन र हकप्रद सेयरमा आवेदन दिन पाउन योग्य हुनेछन्।

बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आउँदो असोज २६ गते डोकेको छ।

सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने बोनस सेयर अनुमोदन गर्नेछ। सोही बोनस सेयरको कर प्रयोजनार्थ छुट्याइएको ५१ लाख २२ हजार ८७०.८९ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले उल्लेखित बोनस सेयर निष्कासनका लागि आवश्यक हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ।

यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो असोज १ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले १०ः३ अर्थात ३० प्रतिशत हकप्रद निष्कासन गर्दैछ। बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको ३० प्रतिशत अर्थात कुल २४ करोड ३३ लाख बढीको हकप्रद निष्कासन गर्नेछ।

हकप्रद निष्कासनका लागि बैंकले असोज १ गते एक दिनका लागि निर्णय गरेको छ।

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

नेपाल धितोपत्र बोर्डले गत साउन ३१ गते एक्सेल डेभलपमेन्ट बैंकलाई १०ः३ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको थियो। बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

तपाईको प्रतिक्रिया