ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रति सेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

ईङवा हाइड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, काठमाडौं वडा नं. ११, थापाथलीमा आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवा हाइड्रोपावर लिमिटेडको तर्फबाट सञ्चालक सतिश न्यौपानेले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाटकाे जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया