गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा सम्पन्न गरेको छ ।

शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ कि केन्द्र प्रमुख पबित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रवन्धक÷कनिष्ठ अधिकृत दिपेन्द्र सापकोटा रहेका थिए । कार्यक्रममा केन्द्र प्रमुख, प्रतिनिधि, सदस्य एवं सफल व्यवसायीहरु सहित ५७ जनाको उपस्थिती रहेको थियो ।

शाखाअन्तर्गत गठन भई सञ्चालनमा रहेका केन्द्रका केन्द्र प्रमुखहरुको दक्षता अभिबृद्धी एवं समीक्षा र अन्तक्रिया गर्ने उदेश्यले बार्षिक रुपमा सञ्चालन हुने यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको शाखा प्रबन्धक तिलक प्रसाद आचार्यले जानकारी दिए ।

वार्षिक मुल्यांकनका आधारमा ३ वटा केन्द्रलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ भने बर्षका उत्कृष्ट व्यवसायी र बचतकर्तालाई समेत सम्मान गरिएको वित्तीय संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया