क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अभिजित केसी नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको साउन १८ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रअनुसार कम्पनीका तत्कालीन सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नभएसम्मका लागि केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

Online Arthik










