काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अब अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्र छुट्ने व्यवस्था लागू गरिएको छ। उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्ने उद्देश्यले यो नयाँ नियम लागु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

अहिले लामो दूरीका बसहरूले स्थानीय सवारी साधनजस्तै सडक किनारमै यात्रु चढाउने–ओराल्ने गतिविधि बढाएसँगै विशेषगरी पिक आवरमा जाम झन् चर्काउने गरेको थियो। सुवेदीका अनुसार राजधानीका सडकमा भीड बढ्दै गइरहेको अवस्थामा नियमविपरीत रोकिने गतिविधि रोक्न अब सबै गाडी बसपार्कबाटै छुट्ने कडाइ गरिएको हो।

यस्तै, लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्र (रुट परमिट) पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायलाई आवश्यक पहलका लागि अनुरोध गरिसकेको छ।

तपाईको प्रतिक्रिया