नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख ४८ हजार ८५३ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको छ। उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरिएको हो।इच्छुक संस्थापक सेयरधनीहरूले लाजिम्पाटस्थित बैंकको सेयर शाखामा आफूले खरिद गर्न चाहेको कित्ता र दर उल्लेख गरी आवेदन दिनुपर्नेछ। सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ।तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा, बैंकले उक्त सेयर अन्य व्यक्ति तथा संघ–संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउनेछ।

तपाईको प्रतिक्रिया