राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।
निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर उक्त निर्वाचन प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमा निर्वाचन प्रक्रिया, मतदानको अवस्था तथा अन्तिम परिणामसम्बन्धी विस्तृत विवरण समेटिएको छ।माघ ११ गते सम्पन्न निर्वाचनमा कुल २ करोड ४० लाख ६६ हजार रुपैयाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचन स्वतन्त्र, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
निर्वाचनका विविध पक्ष प्रतिवेदनमा समेटिएको आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन्।

Online Arthik









