ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि गरिने अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज शुल्क, भिसा शुल्क तथा बीमा शुल्कलगायतका विभिन्न अन्तर्राष्ट्रिय भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा आधा छुट उपलब्ध हुनेछ। बैंकका अनुसार उक्त सहुलियत सन् २०२६ जुलाई ३१ सम्म लागू रहनेछ र सेवा देशभर रहेका ११७ शाखामार्फत उपलब्ध गराइनेछ। योजनासम्बन्धी थप विवरण तथा सेवा उपलब्ध हुने शाखाको जानकारी बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। ग्लोबल आइएमई बैंक हालै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित भएको बैंक हो।

Online Arthik










