सार्वजनिक खरिद अनुगमन कार्यालय ले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगर्ने तथा ढिलासुस्ती गर्ने कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्दै चित्तबुझ्दो आधार र प्रमाणसहित स्पष्टीकरण दिन भनेको हो।

यसअघि सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीहरूलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको समयसीमा दिएर स्पष्टीकरण माग गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि लिखित जवाफ नआएपछि पुनः सात दिनको अन्तिम समयसीमा दिइएको कार्यालयले जनाएको छ।सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४क) बमोजिम सूचना प्रकाशित गरिएको उल्लेख गर्दै तोकिएको समयभित्र स्पष्टीकरण प्राप्त नभए कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।

तपाईको प्रतिक्रिया