नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मङ्गबारको तुलनामा आज सुन तोलामा १,५०० रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३,४०,००० रुपैयाँ र एक तोला चाँदीको मोल ४,८८० रुपैयाँ निर्धारण गरिएको छ। हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३,०१,९०० रुपैयाँ र चाँदीको मोल ४,८८५ रुपैयाँ निर्धारण गरिएको थियो।गत सोमबार बजारमा एक तोला छापावाल सुनको मूल्य ३,०२,८०० रुपैयाँ र चाँदी ४,८६० रुपैयाँ थियो। साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३,०५,८०० रुपैयाँ र त्यहीअनुसार चाँदी ४,९८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुन ४,९२० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Online Arthik










