काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको मार्चपास, विभिन्न सांस्कृतिक झाँकी तथा साङ्गीतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए।

समारोहमा रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित उपस्थित भई दिवसको गरिमा बढाएका थिए। राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले विशेष सलामी अर्पण गरेको थियो। त्यस अवसरमा रामसहायप्रसाद यादव, सुशीला कार्की, नारायणप्रसाद दाहाल, मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

तपाईको प्रतिक्रिया