नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन भने सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको थियो।

Online Arthik










