राइड–हेलिङ एप तथा विश्वव्यापी मोबिलिटी एवं शहरी सेवा प्लेटफर्म इन डाइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ।
चालक साझेदारहरूको उत्साहजनक सहभागितासहित सञ्चालन गरिएको उक्त अभियान १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म तीन सातासम्म चलेको थियो। कम्पनीका अनुसार अभियानको उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्नु रहेको थियो।अभियानअन्तर्गत साप्ताहिक चुनौती, प्रोत्साहन कार्यक्रम तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत उत्कृष्ट चालक साझेदारहरूको योगदानको कदर गरिएको थियो। ग्रान्ड पुरस्कारतर्फ टाटा एक्सप्रेस-टी ईभी (क्याब चालक श्रेणी) तुमबहादुर थापा मगर र टि भि एस राइडर (बाइकर/मोटो राइडर श्रेणी) अशेष मगर विजेता बने।ग्रान्ड पुरस्कारबाहेक अभियानमा विभिन्न साप्ताहिक पुरस्कार पनि वितरण गरिएको थियो। जसअन्तर्गत १५ जनालाईरेडमी नोट १४ ५ जी स्मार्टफोन, ३० जनालाई ब्लुटुथ इयरबड्स, ३० जनालाई स्मार्ट वाच तथा १,५०० जनालाई पेट्रोल भौचर प्रदान गरिएको कम्पनीले जनाएको छ।
पुरस्कार प्राप्त गरेपछि विजेता तुमबहादुर थापा मगरले आफ्नो मेहनत र समर्पणको कदर भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिन प्रेरणा मिलेको प्रतिक्रिया दिए। त्यस्तै अर्का विजेता अशेष मगरले अभियानले सेवा स्तर सुधार गर्न प्रेरित गरेको उल्लेख गरे।इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट Sunita Jimi Rai ले चालक साझेदारहरू कम्पनीको सफलताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत चालकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कम्पनीले चालक साझेदारहरूलाई समुदायका महत्वपूर्ण सदस्यका रूपमा सम्मान गर्दै निष्पक्षता, पारदर्शिता तथा रोजाइमा आधारित सेवामार्फत दिगो विकासतर्फ अघि बढ्ने जनाएको छ।

Online Arthik









