हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
अघिल्लो कारोबार मूल्य ५२२ रुपैयाँका आधारमा ५० प्रतिशत हकप्रद सेयरका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्जले कम्पनीको समायोजित मूल्य ३८१.३३ रुपैयाँ कायम गरेको हो। सोही मूल्यका आधारमा आज कम्पनीको कारोबार खुल्नेछ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सोही अनुसार सेयरमूल्य समायोजन गरेको जनाएको छ।

Online Arthik










