“GLOBAL MONEY WEEK 2026” को अवसरमा लुम्बिनी विकास बैंक लिमिटेड ले देशका सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न विद्यालयका करिब एक हजार विद्यार्थीलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय ज्ञान तथा सकारात्मक मनोवृत्ति विकास गराउने उद्देश्यका साथ विद्यालयमै पुगेर कक्षा सञ्चालन गरेको हो। उक्त कार्यक्रममा बचत निक्षेप, कर्जा लगानी, विप्रेषण (रेमिटेन्स), डिजिटल बैंकिङ लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।साथै, बैंकका शाखा कार्यालयहरूले वित्तीय जानकारीमूलक प्लेकार्ड प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेका थिए। “Think before you follow, wise money tomorrow” भन्ने नाराका साथ Global Money Week 2026 मार्च १६ देखि २२ सम्म सञ्चालन भएको थियो, जसअन्तर्गत बैंकले युवालाई केन्द्रमा राखेर कार्यक्रम सम्पन्न गरेको जनाएको छ। यस कार्यक्रममार्फत बैंकिङ प्रणालीप्रति विश्वास बढ्नुका साथै युवा विद्यार्थीमा वित्तीय ज्ञान विस्तार भएको बैंकको विश्वास रहेको छ।
हाल लुम्बिनी विकास बैंकले देशभर ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने नारासहित बैंकले आधुनिक प्रविधिमा आधारित सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। साथै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बचत खातामा आकर्षक ब्याजदर प्रदान गर्ने विशेष योजना समेत सञ्चालनमा ल्याएको जनाएको छ।

Online Arthik










