प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ। यो वर्तमान मन्त्रिपरिषद्को दोस्रो बैठक हो। यसअघि गत शुक्रबार प्रधानमन्त्री र मन्त्रीहरूले सपथ तथा पदभार ग्रहण गरेकै दिन पहिलो बैठक बसेको थियो। उक्त पहिलो बैठकले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने निर्णय गरेको थियो भने सुशासन सुधारका १०० कार्ययोजना पनि स्वीकृत गरेको थियो।

Online Arthik










