प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना हुने भएको छ। नवनिर्वाचित सांसदहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले शपथ गराउनेछन्। यसअघि केसीले बुधबार रामचन्द्र पौडेल समक्ष ज्येष्ठ सदस्यको हैसियतमा शपथ ग्रहण गरेका थिए। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ अनुसार कुनै पनि सदस्यले प्रतिनिधि सभा वा त्यसका समितिको बैठकमा भाग लिनुअघि अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने कानुनी व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया