सानिगाड हाइड्रो ले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरिएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको थियो।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार मागभन्दा धेरै आवेदन परेकाले आईपीओ गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा कुल २७ लाख ५९ हजार ४९० वटा आवेदन प्राप्त भएकोमा २७ लाख २७ हजार ५१५ आवेदन सदर भएका छन् भने २७ हजार ७२९ आवेदन विभिन्न कारणले बदर भएका छन्। सदर आवेदनमध्ये ६ लाख ६७ हजार ४०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। अत्यधिक आवेदनका कारण बाँकी आवेदक भने शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।
लगानीकर्ताले आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको मार्फत हेर्न सक्नेछन्।

Online Arthik










