नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोलकबोल आह्वान गरेको छ।

बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार ‘ऋणपत्र २०८४ ङ’ को बोलकबोल विद्युतीय माध्यमबाट गर्न सकिनेछ। यसमा राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। बोलकबोलमा सहभागी संस्थाले खरिद गर्न चाहेको ऋणपत्रको रकम र ब्याजदर दशमलवपछि चार अङ्कसम्म उल्लेख गरी प्रस्ताव पेस गर्नुपर्नेछ।

राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँदेखि पाँच करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया