राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले बुधबार पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो।

बोर्डका अनुसार पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो। यसअघि सम्पन्न एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ परीक्षार्थी न्यूनतम उपलब्धि हासिल गर्न नसकी अनुत्तीर्ण भएका थिए। ती परीक्षार्थीलाई लक्षित गरी पूरक परीक्षा सञ्चालन गरिएको बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया