आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले अब दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा चलचित्रको टिकट खरिद गर्दा १२ प्रतिशत छुट पाउने भएका छन्।

यससम्बन्धी सम्झौतापत्रमा आइसीएफसी फाइनान्स लिमिटेड र बज इन्टरटेन्मेन्टअन्तर्गत सञ्चालित जय नेपाल सिनेमा हलबीच हस्ताक्षर भएको हो। सम्झौताअनुसार फाइनान्सका डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले टिकट खरिद गर्दा कुल टिकट मूल्यमा १२ प्रतिशत छुट प्राप्त गर्नेछन्। सम्झौतापत्रमा आइसीएफसी फाइनान्सका तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सञ्जोग गुरुङ तथा बजार प्रतिनिधि सरिना श्रेष्ठ र जय नेपाल सिनेमा हलका तर्फबाट प्रबन्ध निर्देशक रूपेश कुमार श्रेष्ठ तथा निर्देशक हरिकृष्ण लोहलाले हस्ताक्षर गरेका छन्।

फाइनान्सले आफ्ना ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न क्षेत्रका आकर्षक छुट तथा विशेष सुविधा उपलब्ध गराउँदै थप मूल्य प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको जनाएको छ। यससँगै आइसीएफसी फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा चलचित्र हेर्दा टिकटको कुल मूल्यमा १२ प्रतिशत छुटको लाभ लिन सक्नेछन्।

तपाईको प्रतिक्रिया