प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि उक्त सेयर खरिदका लागि आवेदन खुला गरेको हो।

कम्पनीका अनुसार सेयर खरिदमा हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया