शिव श्री हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कामका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता दुवै संस्थाबीच सम्पन्न भएको हो।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार धितोपत्र तथा सेयरधनीसम्बन्धी अभिलेख व्यवस्थापन, सेयर अभौतिकीकरण, सेयर प्रमाणपत्र वितरण, नामसारीलगायतका कार्य सिटिजन्स क्यापिटलले गर्नेछ। सम्झौताअनुसार २०८३ असोज २ गतेदेखि सिटिजन्स क्यापिटलले शिव श्री हाइड्रोपावरको सेयर रजिष्ट्रारका रूपमा सेवा प्रदान गर्नेछ।
यससँगै कम्पनीका सेयरधनीलाई सेयर रजिष्ट्रारसम्बन्धी आवश्यक सेवा, अभिलेख व्यवस्थापन तथा सेयर कारोबारसँग सम्बन्धित कार्यमा सहजीकरण गरिने सिटिजन्स क्यापिटलले जनाएको छ। अनुभवी जनशक्ति र व्यावसायिक दक्षतामार्फत प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता पनि क्यापिटलले जनाएको छ।

Online Arthik










