पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.२५ मेगावाट क्षमताको अप्पर माई जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन सुरु गरेको छ।
आयोजनाको एक्सपान्सन जोइन्टमा अत्यधिक पानी चुहावट भएपछि मर्मतका लागि टनेल खाली गर्नुपर्ने भएकाले भदौ २१ गते साँझ ६ः१० बजेदेखि विद्युत उत्पादन बन्द गरिएको थियो। आवश्यक मर्मतसम्भार सम्पन्न भएपछि असोज १६ गते दिउँसो ३ः०२ बजेदेखि पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।
मर्मत कार्य सम्पन्न भएसँगै आयोजनाको विद्युत उत्पादन नियमित रूपमा सञ्चालनमा आएको छ।

Online Arthik










