नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा आयोजना गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कुल २ हजार ५८१ जनाको सहभागिता रहेको थियो भने १ हजार ६४ उत्कृष्ट प्रदर्शनकर्तालाई स्टार अवार्ड प्रदान गरिएको थियो।

इटहरी, बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं, धनगढी, सुर्खेत र पोखरामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलगायतका अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशु झाले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सीईओ पराजुलीले अभिकर्ता सञ्जाललाई कम्पनीको व्यवसाय विस्तार र ग्राहक सम्बन्धको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे। स्टार अवार्डलाई सम्मानसँगै अभिकर्ताको ज्ञान, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धिको साझा मञ्चका रूपमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया