लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको ३३१औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापुँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

Online Arthik










