श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २९ गते) अन्तिम दिन रहेको छ।कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि अहिले सर्वसाधारण लगानीकर्ताहरूका लागि शेयर निष्काशन भइरहेको हो।

कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेको छ। उक्त पूँजीको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र ३ लाख ९ हजार ९३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

त्यस्तै, १ लाख ५४ हजार ९६९ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र १ लाख २३ हजार ९७५ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

तपाईको प्रतिक्रिया