दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २१ गते ललितपुरको चापागाउँस्थित बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन् ।
त्यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित अन्य वित्तीय विवरणहरू समेत छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

Online Arthik










