कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको खुद मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भई सेयरधनीलाई वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया