शुभम पावर लिमिटेडको लक इन अवधि आगामी माघ २६ गते समाप्त हुने भएको छ । उक्त अवधिमा कम्पनीको कुल १४ लाख ३१ हजार ३० कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।कुल सेयर संख्यामा संस्थापक समूहको १४ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ११ हजार ६१० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको १९ हजार ४२० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

Online Arthik










