राजनीतिक दल तथा उम्मेदवारले घरदैलो तथा सभा–सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रचारप्रसारका क्रममा दल तथा उम्मेदवारले राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ ।आयोगले जारी गरेको निर्देशनमा भनिएको छ,“दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन्।”पछिल्लो समय निर्वाचनका क्रममा उम्मेदवारहरू घरदैलो कार्यक्रम, मत माग्ने अभियान तथा सभा–सम्मेलनमा राष्ट्रिय झण्डाको प्रयोग बढ्दै गएको देखिएपछि आयोगले यस्तो व्यवस्था कडाइका साथ लागू गरेको हो ।

Online Arthik









