माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै कुल ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जानकारी दिएको हो।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेडको सेयर विभागमा आवेदन दिनु पर्नेछ। आवेदन दर्ता गर्दा आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ।

निर्धारित समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा, उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीहरूलाई बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया