सामसङ नेपालले होली अफरको अवसरमा आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत ग्राहकहरूले ७ के.जी देखि १२ के.जी क्षमताका ए-आइ इकोबबल वाशर ड्रायर, फ्रन्ट-लोड र सेमी-अटो मेटिक टप-लोड वाशिङ मेसिनमा अधिकतम २३% सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने सिंगल डोर, डबल डोर र साइड-बाइ-साइड रेफ्रिजिरेटरमा १५–१७% सम्मको क्यासब्याक उपलब्ध छ। वाशिङ मेसिनमा DIT मोटरमा २० वर्षको वारेन्टी र ४००V सम्मको भोल्टेज फ्लक्टुएसनबाट सुरक्षा, तथा रेफ्रिजिरेटरमा ३००V सम्मको भोल्टेज फ्लक्टुएसन सुरक्षा उपलब्ध छ। सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा पनि दिइनेछ। यसका साथै ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत ०% ब्याजदरमा सजिलो EMI विकल्पमा सामसङ होम अप्लायंस प्राप्त गर्न सक्नेछन्, जसका लागि केवल नागरिकता आवश्यक छ। नयाँ सामसङ टिभी वा होम अप्लायंसमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर वा नेपालभरिका अधिकृत सामसङ रिटेल स्टोरमार्फत आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन्।

Online Arthik










