नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ करोड ३४ लाख रुपैयाँको तुलनामा २.९४ प्रतिशतले बढी हो। समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको ७ करोड १९ लाख रुपैयाँभन्दा वृद्धि भएको हो।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ४२ करोड ३१ लाख रुपैयाँ रहेको छ भने रिभर्ज फण्डको आकार १०.८६ प्रतिशतले घटेर ९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ। कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ६१ लाख रुपैयाँ र कुल चालु दायित्व १२ करोड २१ लाख रुपैयाँ रहेको छ।

वित्तीय सूचकांकतर्फ, समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २१.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.७६ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २१.२१ गुणा, तरलता अनुपात २.०१ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल (आरओए) १४.०४ प्रतिशत कायम भएको छ।

तपाईको प्रतिक्रिया