आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा २२५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७० रुपैयाँमा झरेको छ। यसअघि गत माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड रहेको छ।

तपाईको प्रतिक्रिया