फोनपेअन्तर्गतको रिवार्ड प्लेटफर्म फोनपोइन्टले श्री एयरलाइन्स सँग सहकार्य गर्दै आन्तरिक हवाई यात्रा थप किफायती बनाउने उद्देश्यले विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ।
यस सहकार्यअन्तर्गत प्रयोगकर्ताले ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यससँगै फोनपोइन्टले १५ जना भाग्यशाली विजेतालाई काठमाडौं–पोखरावा पोखरा–काठमाडौं उडान टिकट जित्ने अवसर दिने लक्की ड्र योजना पनि सुरु गरेको छ। कम्पनीका अनुसार विजेता प्रत्येक दिन चयन गरिनेछन्, जसले प्रयोगकर्तालाई निःशुल्क हवाई यात्रा जित्ने मौका दिनेछ।उक्त अफर फोनपोइन्ट, ईसेवातथा फोनपे एपमार्फत सहज रूपमा प्रयोग गर्न सकिनेछ। प्रयोगकर्ताले एपभित्रैबाट सहभागी भई अफरको लाभ लिन सक्नेछन्।कम्पनीका अनुसार यस पहलले दैनिक डिजिटल कारोबारलाई पुरस्कारमा रूपान्तरण गर्दै प्रयोगकर्तालाई थप मूल्य र सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ। साथै, फोनपोइन्ट एपमार्फत अफर रिडिम गर्न सकिने व्यवस्था गरिएको छ।
यस सहकार्यले फोनपोइन्टलाई नेपालकै डिजिटल रिवार्ड्स प्लेटफर्मका रूपमा थप मजबुत बनाउँदै प्रयोगकर्तालाई उच्च मूल्य, सुविधा तथा स्मरणीय यात्रा अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

Online Arthik










