बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता सेयर बिक्री गर्नेछ। हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ। हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरिसकेको छ। त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति २०८३ बैशाख १३ गते तोकिएको छ।
हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय (पानीपोखरी), कम्पनीको थप्रेक (नुवाकोट) स्थित कार्यालय तथा एनआईसी एशिया बैंक का विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन्। साथै सी-आस्वा सेवा अन्तर्गतका बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन पनि गर्न सकिने व्यवस्था छ।

Online Arthik









