काठमाडौं महानगरपालिका, थापाथली परोपकार तथा प्रस्तुती गृह, नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी बीच स्वास्थ्य तथा सामुदायिक सहयोगसम्बन्धी काम गर्ने उद्देश्यले बिहीबार सम्झौता भएको छ।
सम्झौतापछि महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि विभिन्न हेल्प सेन्टरहरूसँग सहकार्य भइरहेको जानकारी दिइन्। उनले काठमाडौंमा काम गर्न आवश्यक स्थान अभाव रहे पनि प्रसूति गृहसँगको सहकार्यले स्वास्थ्य प्रवर्द्धन केन्द्रका कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्ने बताइन्। डंगोलले विद्यार्थीहरूमा बढ्दो आँखासम्बन्धी समस्याप्रति पनि चिन्ता व्यक्त गरिन्। अत्यधिक मोबाइल प्रयोगका कारण समस्या बढिरहेको उल्लेख गर्दै उनले नेपाल आँखा अस्पतालसँगको सहकार्यबाट करिब २० हजार विद्यार्थी लाभान्वित हुने बताइन्।
उनले जनशक्ति अभाव भए पनि आवश्यकताअनुसार थप कर्मचारी परिचालन गरी स्वास्थ्य सेवा र व्यवस्थापनका काम प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पारिन्।

Online Arthik









