नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य तोलामा ७ हजार ८०० रुपैयाँ घट्दै प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ रहेको थियो।यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ थियो। सुनचाँदीको मूल्यमा आएको यो गिरावटले बजारमा खरिद–बिक्री गतिविधिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया