नेपाल राष्ट्र बैंक ले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको छ, जसअनुसार वैशाख १ गते नयाँ वर्ष, वैशाख १८ गते बुद्ध जयन्ती तथा उभौली, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्रा (काठमाडौं उपत्यकामा मात्र) का दिन बैंक बिदा रहनेछ । भदौ १९ गते कृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते तीजका अवसरमा महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवस र असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) का दिन पनि बिदा हुनेछ । असोज १८ गते जितिया पर्व सम्बन्धित महिला कर्मचारीका लागि मात्र लागू हुनेछ । बडा दशैंको बिदा असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म ७ दिन रहनेछ भने तिहार बिदा कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म ५ दिन रहनेछ । साथै कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत समुदाय), कात्तिक २९ गते छठ, मंसिर १७ गते अपाङ्गता दिवस (सम्बन्धित कर्मचारी), पुस ९ गते उधौली, योमरी पुन्हि र ज्यापु दिवस, पुस १० गते क्रिसमस, पुस १५ गते तमू ल्होसार, पुस २८ गते पृथ्वी जयन्ती, माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका दिन पनि बैंक बिदा रहनेछ । राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गर्दै वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय र ४ बजेसम्म बैंकिङ कारोबार समय तोकेको छ भने कात्तिक १६ देखि माघ १५ सम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालय र ३ बजेसम्म बैंकिङ समय रहनेछ । प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछन् र आकस्मिक सार्वजनिक बिदामा समेत सीमित कर्मचारीमार्फत बिहान १० बजेदेखि अपराह्न १:३० बजेसम्म अत्यावश्यक सेवा सञ्चालन गरिने जनाएको छ ।

Online Arthik









