नेपाल एसबिआई बैंक लिमिटेड ले ग्लोबल मनी वीक २०२६ को अवसर पारेर देशभर वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरेको छ।
‘स्मार्ट मनी टक्स : बचत, मनी टक्स’ भन्ने नारासहित बैंकले चैत २ देखि ८ गतेसम्म सातै प्रदेशका ४४ विभिन्न स्थानमा विद्यार्थी तथा युवालाई लक्षित कार्यक्रम आयोजना गरेको जनाएको छ।कार्यक्रममार्फत विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना तथा आधारभूत बैंकिङ र वित्तीय अवधारणाबारे जानकारी प्रदान गरिएको थियो।कोशी प्रदेशका इटहरी, भोजपुर, विराटनगर, बिर्तामोड, इलाम, दमक र फिदिम लगायतका स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो भने मधेश प्रदेशका सिमरा, बर्दिबास, वीरगञ्ज, चन्द्रनिगाहापुर, राजगढ र जनकपुरमा पनि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सहरहरूमा पनि कार्यक्रम सञ्चालन गरिएको थियो।बैंकका अनुसार, यस कार्यक्रमबाट देशभर ३ हजारभन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका हाल देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
बैंकले युवापुस्तामा जिम्मेवार आर्थिक व्यवहार विकास गराउने उद्देश्यले यस्ता वित्तीय साक्षरता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

Online Arthik









