पिपुल्स पावर लिमिटेड ले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २९ गते आइतबार बिहान ११ बजे काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ।त्यसैगरी, सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, कम्पनीको स्थान परिवर्तन (ठाउँसारी), संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृति लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार चैत १५ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।

Online Arthik










