याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आवेदन दिने आज चैत ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको २८ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता ९२ करोड १० लाख रुपैयाँ बराबर० वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको हो। यस आईपीओमा न्यूनतम १०कित्ता र अधिकतम २१ हजार कित्ता आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

Online Arthik










