राष्ट्रपति राम चन्द्र पौडेल समक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी ले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा केसीले ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण गरेका हुन्।
समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीशप्रकाशमान सिंह राउत,राष्ट्रिय सभाका अध्यक्षनारायण दाहाल लगायत मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

Online Arthik










