स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।कम्पनीले संस्थापक सेयरधनी अनु श्रेष्ठको नाममा रहेको ३३ हजार ३ कित्ता सेयर अब सर्वसाधारण वा इच्छुक जो–कोही व्यक्ति तथा संघ–संस्थाले खरिद गर्न पाउने गरी आवेदन खुलाएको हो। यसअघि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेको थियो। तर सो अवधिमा कुनै पनि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो।

इच्छुक आवेदकहरूले चैत ११ गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–५, काभ्रेपलाञ्चोकस्थित प्रशासन विभागमा लिखित निवेदन पेश गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया