नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँ थियो भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया