कामना सेवा विकास बैंक ले मर्चेन्ट बैंकिङ सेवा सञ्चालन गर्ने उद्देश्यसहित सहायक कम्पनी स्थापना प्रक्रिया अघि बढाएको छ। बैंकले आकाश क्यापिटल लिमिटेड को संस्थापक सेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार सहायक कम्पनीको रूपमा सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंक बाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ। यसअघि नै बैंक र आकाश क्यापिटलबीच संस्थापक सेयर खरिद–बिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको थियो।अब उक्त कम्पनीले मर्चेन्ट बैंकिङ सेवा सञ्चालन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रिया पूरा गर्नेछ। प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।हाल आकाश क्यापिटलको नाममा रहेको कम्पनी अब बैंकको सहायक कम्पनीका रूपमा ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुनेछ।

बैंकका अनुसार यस कदमले बैंकको सेवा दायरा विस्तार गर्नुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया