बुधबार सेयरबजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा कायम भएको छ। ३५९ कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बैंकिङ समूह ०.०८ प्रतिशतले बढ्दा अन्य सबै समूहमा गिरावट आएको छ। व्यापार समूह सर्वाधिक १.३८ प्रतिशतले घटेको छ। लगानीकर्ता निमानन्द कंडेलका अनुसार चाडपर्वसँगै क्लोजिङको दबाब र लगानीकर्ताको घट्दो मनोबलका कारण बजारमा सुधार आउन नसकेको हो। बुधबार घलेम्दी हाइड्रोको सेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशतले बढेर २९६ रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य सर्वाधिक ५.२६ प्रतिशतले घटेर ९ रुपैयाँ कायम भएको छ।

Online Arthik










