बिहीबारको कारोबारमा सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १,८०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम सुनको भाउ २ लाख ५० हजार ९४५ रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले घट्दै ४ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Online Arthik










