सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन  खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो।

कम्पनीको जारी पूँजी ३४ करोड रुपैयाँ रहेको छ, जसको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता आईपीओमध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ।यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। यदि आवश्यक परेमा आवेदन अवधि जेठ ४ गतेसम्म लम्ब्याइनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।आवेदन मेरो सेयर  मार्फत सि–आस्वा  प्रणाली प्रयोग गरी दिन सकिनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइ.एम.इ क्यापिटल लिमिटेड हेको छ।

कम्पनीले पहिलो चरणपछि सर्वसाधारणका लागि पनि आईपीओ निष्कासन गर्ने योजना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया